कस्ता कमेन्ट आएका छन् अभिनेत्री वर्षा सिवाकोटीको स्टाटसमा ?

काठमाडौं– आइतबार विहान देखि नै एकाएक चर्चामा आइन्, अभिनेत्री वर्षा सिवाकोटी । र, उनी चर्चामा आउनुको कारण थियो उनको एउटा फेसबुक स्टाटस । उनको यही स्टाटसमा आधारित निकै धेरै समाचार बने, अनेक टिकाटिप्पणी गरिए । 

खासमा उनले आफ्नो फेसबुक एकाउन्टमा आक्रोश पोखेकी थिइन्, आफूलाई धेरैले पीडा दिएको गुनासो गरेकी थिइन् । यसले मिडियाको मात्र ध्यान तानेन, फिल्मी क्षेत्रका हस्तीहरुलाई पनि त्यसमा कमेन्ट गर्न बाध्य बनायो । 

वर्षाले स्टाटस लेखेकी छिन्, ‘न म स्टारकिड, न कसैको गर्लफ्रेन्ड, न म हिट ब्यानरको रेगुलर मेम्बर, न कसैको युट्युब च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिराको बिचारा । सो कल्ड रिर्जभ्ड अर्टिस्ट अनि हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ टाइम । फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभी ।’ 

यो स्टाटस उनले किन लेखिन् ? कसका लागि लेखिन्, उनले खुलाएकी छैनन् । यसबारे बोलेकी पनि छैनन् । तर, उनलाई फेसबुकमा नै ४ सयजना भन्दा धेरैले कमेन्ट गरेर आफ्ना विचार राखेका छन् ।

तीमध्ये एउटा कमेन्ट हो, दीपकराज गिरीको । कलाकार दीपकराज गिरीले लेखेका छन्, ‘कहिलेकाहीं समय आउन पनि समय लाग्छ वर्षा । हाम्रो नै समय बुढेसकालमा आयो । जस्ट किप गोइङ । गड ब्लेस यु ।’

अर्को प्रतिक्रिया आएको छ, विष्णुहरि दाहालको । उनले पनि वर्षामाथि सहानुभूति नै देखाएका छन् । उनले लेखेका छन्, ‘पिपल ढुङ्गाको कापमा पनि उम्रन्छ र बिस्तारै ढुङ्गा फुटाउँदै आकार लिन्छ । जरुरी छैन कसैको काँधमा चढेर सफलता पाउन जे जसरी प्रगति गरेको छौं र आफुलाई प्रमाणित गरेकी छौं । यु आर अ सुपरस्टार, यु आर सेल्फ वर्षा ।’



मुकुन्द खनाल नामका युजरबाट पनि उनलाई प्रतिक्रिया आएको छ । त्यो हो–बर्षा किन आत्तिएको यसरी ? तिमीमा कुनै चिजको कमी छैन, एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण छ, सफलताको निम्ति अलि बढी संघर्ष गर्नुपर्छ बस कुरा यति हो । तिमी आफूमा सही छौ भने त्यो नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । राम्रो काम गर्दै जाउ, तिमीलाइ पछ्याउने अनगिन्ती लाइन लाग्नेछन् । काम गर्दा कहिलेकाहीं तलमाथि हुन्छ । भनिन्छ नि असफलताले नै सफलताको उचाइ सम्म पुग्ने प्रेरणा दिन्छ ।

आउने दिनहरुको लागि शुभकामना ।



 

याे स्टाटसमा आएका प्रतिक्रियाले वर्षालाई निकै हाैसाएकाे देखिन्छ । उनले अर्काे स्टाटस लेख्दै आफूलाई प्रतिक्रिया दिनेहरुलाई धन्यवाद पनि दिएकी छिन् ।

  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १८:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया