फागुपूर्णिमा आयो, आँखा कानमा रंग पसे के गर्ने ?

एजेन्सी— फागुपूर्णिमा नजिकिँदै गर्दा अहिले सबैमा रौनक छाएको छ । रंगहरुको पर्व भएकाले पनि यसको भावना पनि रंगीन हुन्छ । तर, सँगसँगै के कुरामा पनि ख्याल गर्नु पर्छ भने फागु मनाउँदा हाम्रो आँखा, कान वा मुखमा पनि रंग पर्न सक्छ जुन हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हो । 

यी कुरामा ध्यान दिने हो भने फागु मनाउँदा नै हामी समस्यामा भने पर्नु पर्दैनः

१. सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ भने हामीले फागुमा केमिकल नहालिएको रंगलाई प्रयोग गर्नुपर्छ । फागु खेल्दा रंग आँखामा जान सक्ने सम्भावना भएकाले यस्तो ख्याल गर्नु पर्ने हो । होसियाली अपनाउँदा पनि आँखामा रंग गयो भने तत्काल आँखालाई सफा पानी छ्यापेर धुनु पर्छ । आँखा मोल्नु चाहिँ हुँदैन । 

२. कसैले रंग खेल्न चाहेको छैन भने उसँग जबरदस्ती गर्नुहुँदैन । बरु योजना बनाएर रंग लगाइयो भने आँखामा रंग पर्न पाउँदैन । 

३. फागु खेल्दा कन्ट्याक्ट लेन्स प्रयोग गर्नु हुँदैन । यसले गर्दा आँखामा झन् बढी समस्या आउन सक्छ । 

४. कुनै कारणले आँखामा रंग पर्यो भने त्यसलाई विस्तारै धुनुपर्छ, आँखा मोल्नु हुँदैन । आँखाबाट पूरा रंग ननिस्किएसम्म आँखा धुँदा राम्रो हुन्छ ।



५. फागुमा सनग्लास प्रयोग गरेको खण्डमा हाम्रो आँखा थप सुरक्षित हुनसक्छ । 

अब फागुमा कानको पनि विशेष सुरक्षा गर्नु पर्ने हुन्छ । किनकि कानमा रंग पस्दा पनि समस्या देखिन सक्छ । फागु खेल्नुभन्दा पहिले नै कानमा तेल हालियो भने रंग भित्रसम्म जान पाउँदैन । 



  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १८:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया