झुक्किएर चुनाव लड्ने घोषणा गरे अमेरिकी पूर्वउपराष्ट्रपति बिडेनले !

वासि‌ंगटन– अमेरिकी पूर्वउपराष्ट्रपति जो बिडेनले हजारभन्दा बढी डेमोक्रेटिक नेता–कार्यकर्तामाझ २०२० मा आफू चुनाव लड्ने स्पष्ट आशयसहितको एउटा वाक्य बोले । उपस्थित अधिकांशले आफ्नो सिटबाट उठेर नारा नै लगाए, ‘रन जो रन’ अर्थात् बढ्नुस्, अघि बढ्नुस् । तर, तत्कालै पूर्वराष्ट्रपति बिडेनले आफ्नो वाक्य सच्याए, र भने, ‘मेरो त्यो मतलब थिएन ।’

आफ्नो गृहराज्य डेलावेरमा आयोजित एक डिनर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मेरो रेकर्ड अमेरिकाका लागि चुनाव लड्न गइरहेकामध्ये सबैभन्दा प्रगतिशील छ ।’

उपस्थितले यसको आशय बुझे कि जो चुनाव लड्न गइरहेका छन् । उनीहरुले उठेर ताली र आवाजले उनको ‘उम्मेदवारी’को समर्थन गरे, र अघि बढ्न हौसला दिए । 
७६ वर्षे बिडेनले तत्कालै ‘मेरो त्यो आशय थिएन’ भन्दै आफ्नो वाक्य सच्याए, ‘...जो–कोही लड्न जाँदै छन्, उनीहरुको भन्दा ।’

पछिल्लो समय अमेरिकाले आफ्नो मेरुदन्ड नै गुमाएको आशयसहित उनी भन्दै गए, ‘अब यो देशको ‘ब्याकबोन’ पुनःस्थापित गर्ने समय आएको छ ।’

यसका लागि अहिलेको नाजुक राजनीतिक धरातलबाट माथि उठ्न बृहत् राजनीतिक समझदारी बनाउनुपर्ने बताए । देशलाई फेरि एकैठाउँ ल्याउनुपर्नेमा उनले जोड दिए । 

डेमोक्रेटिक पार्टीका नेता बिडेन बाराक ओबामाको दोस्रो कार्यकालमा उपराष्ट्रपति थिए । यदि उनी चुनाव लड्दै थिए भने उनले रिपब्लिकनका सम्भावित उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्पसँग चुनाव लड्नुअघि यसअघि नै मैदानमा उत्रिसकेका १५ भन्दा बढी डेमोक्रेटिक नेतासँग आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो । 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १९:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया