बच्चाको रोगसँग लड्ने क्षमता बढाउन दिनुहोस् यी कुरामा ध्यान

एजेन्सी— आफ्ना बच्चाहरु स्वास्थ्य हुन् र उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी होस् भन्ने चाहना कसलाई पो हुँदैन र ? तर, कहिलेकांही सामान्य कुरामा पनि ध्यान नपुगेको हुनसक्छ । त्यसैले बच्चाहरुको इम्युनिटी बढाउन यी कुराहरुमा विशेष ध्यान दिनु जरुरी छ ।

बच्चाहरुलाई जन्मिएको ३६ घन्टाभित्र आमाको दूध खुवाउनु जरुरी हुन्छ । आमाको दूधमा कोलेस्ट्रम नामको एउटा तत्व हुन्छ जसले बच्चालाई स्वास्थ्य राख्न सहयोग गर्छ । आमाको दूध कम्तिमा ६ महिनासम्म खुवाउन सके बच्चाहरुको रोगसँग लड्ने क्षमता बलियो हुन्छ । 

हामीले ध्यान दिनु पर्ने कुरा चाहिँ बच्चाले सबै मौसममा आफूलाई सबल राख्न सकुन् भन्ने हो । त्यसैले बच्चाहरुलाई न्यानो बनाउन वा गर्मी भएमा चिसो बनाउन एसी, हिटरहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । घरभन्दा बाहिर खेल्न दिएमा बच्चाहरुमा रोगसँग लड्ने क्षमता पनि थप विकास हुँदै जान्छ । 

बच्चाहरुलाई सुरुवात देखि नै त्यही खानेकुरा खुवाउनु पर्छ जुन परिवारका अन्य सदस्यले पनि खान्छन् । बरु उनीहरुलाई दूध, अन्डा, माछा वा दालहरु सकेसम्म धेरै खुवाउनु पर्छ ।





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ५:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया