झलनाथ खनाल भन्छन्– पार्टी विघटनको खतरा बढ्यो

काठमाडौं— अध्यक्ष र सचिवहरुको सुची टुङ्ग्याएर नेपाल कम्युनिस्ट पार्टीको एकतालाई पूर्णता दिने लक्ष्य शीर्ष नेताहरुको दाउपेचका कारण रोकिएको छ । 

आइतबार पत्नी सीताको उपचारका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेपछि अब नेपाल कम्युनिस्ट पार्टीको एकता झन् लम्बिएको छ । 

यही सन्दर्भमा नयाँ पत्रिकासँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले पटक पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आइरहेका थियौँ, पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुङ्ग्याउने सहमतिसहित छलफल गरेका थियौँ । तर बैठक बोलाइएन ।’

यो सब परिस्थितिका कारण अब पार्टी विघटनमा जान सक्ने सम्भावना उनले औंल्याएका छन् । उनले भनेका छन्, ‘एकीकरणमा अहिले भइरहेको ढिलाइले विस्तारै पार्टीलाई विघटनतिर लैजाने खतरा बढेको छ । त्यसैले सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र पद्धतिसम्मत ढंगले जतिसक्दो छिटो एकता टुङ्ग्याइहाल्नुपर्छ । अन्यथा यस्तो ढिलाइले पार्टी विग्रहतिर जान्छ ।’\





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ७:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया