काठमाडौंमा पनि देखियो बर्डफ्लु, कसरी बच्ने ? ५ उपाय

काठमाडौं– पछिल्लो समय हेटौंडा, चितवन र विराटनगरका कुखुरामा देखिएको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वरका दुई पोल्ट्रीफार्ममा बर्डफ्लु देखिएको पशुशाखा विभागले जनाएको छ । त्यहाँका २८ हजार कुखुरा पनि नष्ट गरिएको छ । गत वर्ष पनि त्यहाँ हाँस तथा अन्य पक्षीमा बर्डफ्लु देखिएको थियो ।

बर्डफ्लु संक्रमण भएका कुखुरा तथा अन्य पंक्षीहरुको सम्पर्कमा पुग्दा यो रोग मानिसमा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ । तर, बर्डफ्लु नै संक्रमित कुखुराको मासु पनि राम्रोसँग पकाएर खाएमा त्यस्तो समस्या आउँदैन । विश्व स्वास्थ्य संगठनले केही अघि सार्वजनिक गरेको जानकारी अनुसार खाना खाने ठाउँ वरपर चाहिँ संक्रमित चराहरु आउनु हुँदैन । स्वास्थ्य संगठनले जारी गरेका छ उपाय जसले गर्दा हामीलाई बर्डफ्लुको संक्रमणबाट बच्न सहयोग गर्छ ः

 

१. संक्रमित कुखुराको वरपर नजानेः यो फ्लुको प्रमुख कारण नै संक्रमित चराहरु भएकाले उनीहरुको वरपर जानेबाट सबैजना बच्नु पर्ने हुन्छ, कोही पनि संक्रमित कुखुराको वरपर जानुहुँदैन । 

 

२. राम्रोसँग हात धुनुहोस्ः फ्लुबाट मात्र होइन, जुनसुकै संक्रमणबाट पनि बच्न हातहरु राम्रोसँग धुनुपर्छ । हात धुने कुरालाई बानी बनाउन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ । 



 

३. कुखुरा राम्रोसँग पकाउनुहोस्ः बर्डफ्लु लागेको कुखुराको मासु खानै हुँदैन भन्ने होइन । तर, कुखुरालाई राम्रोसँग पकाउनु पर्छ । अधिकतम तापक्रममा पकाएमा मात्र बर्डफ्लु संक्रमित कुखुरा खानुपर्छ । 



 

४. पोल्ट्रीफार्ममा जाँदा मास्क लगाउनुहोस्ः बर्डफ्लु संक्रमित भएको पोल्ट्रीफार्म होस् या अन्यमा नै किन नहोस्, त्यसको वरपर जाँदा राम्रो मास्क लगाउनु पर्ने हुन्छ । 

 

५. वरपर चरा मरेको भेटिए सतर्क हुनुहोस्ः चराहरु बर्डफ्लुको संक्रमणका कारण मर्न सक्छन् । त्यसैले कतै चरा मरेको भेटिए सतर्क हुनुपर्छ । र, आफूलाई केही असहज भएको खण्डमा अस्पतालमा गएर जचाउनु पर्छ ।
 

  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ८:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया