एजेन्सी– भारतमा अहिले लोकसभा निर्वाचनको माहोलले छोपिसकेको छ । यहीबीच भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले क्रिकेटर हरभजन सिंहलाई अमृतसरबाट निर्वाचनमा आफ्नो उम्मेदवार भएर उठ्न प्रस्ताव गरेको छ । त्यो क्षेत्रमा भारतीय जनता पार्टीका अन्य प्रभावशाली नेता नभएकाले हरभजनले मानेको खण्डमा उनी भारतीय जनता पार्टीका उम्मेदवार हुनेछन् ।
बुधबारसम्म भारत र अष्ट्रेलियाको एक दिवशीय खेलको कमेन्ट्रीमा व्यस्त हरभजनले यसबारे निर्णय चाहिँ गरिसकेका छैनन् । ‘अहिले राजनीतिमा आउने समय हो या होइन भन्ने मैले एकिन गर्न सकेको छैन,’ उनले भनेका छन्, ‘आउने नै भएँ भने पनि अब त निर्वाचनका लागि तयारी गर्न पनि समय अत्यन्त कम छ ।’
भारतीय जनता पार्टीले हरभजनलाई उठाउने भनेको यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आफू नउठ्ने बताइसकेका छन् । तर, यस विषयमा हरभजनले कोही ठूला नेतासँग नभेटेको बताएका छन् । ३८ वर्षका हरभजन सिंह टेस्ट क्रिेकटमा श्रीलंकाका मुथैया मुरलीधरणपछि धेरै विकेट लिने बलरमा दोस्रो नम्बरमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।