प्रधानमन्त्रीले फुटबललाई बेवास्ता गरेको बताएपछि बंगलादेशमा फिफा अधिकारी पक्राउ

एजेन्सी— बंगलादेश प्रहरीले बंगलादेश फिफाका उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेका छन् । फिफा काउन्सिल सदस्य माहफुजा अख्तर किरोनलाई प्रधानमन्त्री शेख हसिनाविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो । 

उनले प्रधानमन्त्री हसिनाले फुटबललाई बेवास्ता गरेको बताएकी थिइन् । किरोनले शनिबार अदालतले धरौटीमा रिहा गर्ला भन्ने अनुमान धेरैको थियो । तर, अदालतले उनलाई अहिलेलाई थुनामा राख्न आदेश दिएको छ । 

किरोनलाई पक्राउ गरेपछि बंगलादेशमा मानवअधिकार संघसंस्थाहरुले प्रधानमन्त्री शेख हसिनाको विरोध गरेका छन् । गत वर्ष पनि हसिनाविरुद्ध बोलेको भन्दै फोटोग्राफर साहिदुल अलामलाई जेल चलान गरिएको थियो । 

किरोनले चाहिँ एक टिभी अन्तर्वार्तामा हसिनाले क्रिकेटलाई ध्यान दिएको तर फुटबललाई बेवास्ता गरेको बताएकी थिइन् । उनको यो अन्तर्वार्ता प्रसारण भएपछि स्थानीय खेलकुद अधिकारीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । 

किरोन सन् २०१७ मा फिफाका लागि एशियाबाट महिला प्रतिनिधिका रुपमा निर्वाचित भएकी थिइन् ।





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ९:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया