logo-img

सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना : सांसद घिमिरे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरूमा डर, त्रास देखाएको बताएका हुन् । उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्वन गरेका कारण व्यवसायीहरूमा आतंक सिर्जना भएको बताए । 

उनले निजी र सरकारी क्षेत्रको बीचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोशिस गरिएको बताए । घिमिरेले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए ।  



‘नेपालको समाजवादी संविधानले सेवा क्षेत्रको सबै सम्भावनाहरूमा डर, त्रास, ढुलमुले नीति र निषेधको नीति अवलम्वन गर्दै आएको छ । जस्तो नेपालको सरकारले मनसाय पत्र दिएर सम्बन्धन स्वीकृति नदिएका प्रस्तावित मेडिकल कलेजको संख्या १४, इन्जिनियरिङको संख्या ४५, स्वास्थ्य, शिक्षातर्फ ५०, कृषि, वन र भेटनरीतर्फ ७० वटा कलेजहरू छन् । ६७ वटा चलिरहेका नर्सिङ कलेजहरू ३ वर्षदेखि बन्द गरिएका छन् । यसबाट राज्यले रोजगारीको अवसर, राजश्व र सेवा क्षेत्रमा कति नोक्सानी व्यहोरेको छ,’ उनले भने, ‘यसको चिन्ता सरकारलाई भएको देखिँदैन । भएका निजी विद्यालयहरू कहिले बन्द गर्नेजस्ता बहसहरू सरकारीस्तरबाट चलाएर थप लगानीलाई निरूत्साहित गर्ने, व्यवसायीलाई आतंक सिर्जना गर्ने काम गरिन्छ । निजी क्षेत्र र सरकारी क्षेत्रको बीचमा यति ठूलो पर्खाल खडा गरिएको छ कि निजी क्षेत्रलाई सम्भव भएसम्म निषेध गर्ने कोसिस गरिएको छ । हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको छ । विद्यार्थीको शुल्कमा, चिकित्सकको दस्तुरमा हरेक ठाउँको सिन्डिकेटले व्यवसायको गुणस्तरीय प्रतिस्पर्धालाई निषेध गरिएको छ ।’ 

घिमिरेले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए  ।





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १४:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया