रणवीरको गिफ्टले दीपिका मख्ख !

एजेन्सी– बलिउड कलाकारहरुको जोडीमा सबैभन्दा खुल्ने जोडीका रुपमा लिइन्छ रणवीर सिंह र दीपिका पादुकोणको जोडी । हुन पनि यी दुई बारम्बार आफ्नो सम्बन्धको विषयमा सामाजिक सन्जालमा लेखिरहेका हुन्छन् । कयौँ पटक त एकले अर्कालाई दिएका उपहार पनि सेयर गरिरहेका हुन्छन् । पछिल्लो पटक त्यस्तै भएको छ जसले सामाजिक सन्जालमा दीपिका र रणवीरलाई भाइरल बनाइरहेको छ । कुरा हो, दीपिकाले रणवीरले दिएको गिफ्ट आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी छिन् र लेखेकी छिन्– मेरो पति मलाई राम्रोसँग जान्छन् । 

अर्कोतिर, लन्डनको मेडम टुसाडमा दीपिका पादुकोणको पनि मैन मूर्ति राखिएको छ । यो लगाउँदा दीपिकासँगै रणवीर पनि थिए । रणवीरले पनि त्यहाँको तस्वीर लिएर आफ्नो इन्स्टाग्राम एकाउन्टमा लेखेका छन्– ‘डिपी २.० । तर, ओरिजिनल त मसँगै छ ।’





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १०:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया