अमेरिकाले खेदिरहेको भेनुजुएलाका लागि सन्जिवनी बन्यो भारत

एजेन्सी– पछिल्ला दिन अमेरिकाले भेनेजुएलामाथि प्रतिबन्ध लगाएर भेनेजुएलालाई आर्थिक संकटमा पारिदिएको छ । अमेरिकाले भेनेजुएलामाथि प्रतिबन्ध मात्र लगाएको छैन, उसको आयको प्रमुख स्रोत मानिएको तेल लिन पनि छोडिदिएको छ । 

यतिमात्र होइन, अमेरिकाले भेनेजुएलासँग व्यापार नगर्न अन्य देशलाई पनि चेतावनी दिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अस्वीकृत घोषणा गर्दै अमेरिकाले त्यहाँका विपक्षी नेतालाई राष्ट्रपति मानेको छ । 

यो प्रतिबन्धका कारण भेनेजुएलामा कच्चा तेलको उत्पादन घट्दै गक्ष्रहेको छ । भेनेजुएलामा गत महिनामात्र तेलको उत्पादन १.१० मिलियन ब्यारेल प्रतिदिन घटेको बताइएको छ । अहिले भेनेजुएलाका तेल उत्पादनवाला कम्पनी सन् २००३ देखि सबैभन्दा कमजोर अवस्थामा पुगेका छन् ।

यसले गर्दा भेनेजुएलाले अन्य देशहरुसँग आफ्नो तेल निर्यात गर्न अनुरोध गरेको थियो । अमेरिकापछि भेनेजुएलाले तेल भारतमा निर्यात गर्दै आएको थियो । यहीबीच अमेरिकाले प्रतिबन्ध लगाएपछि भेनेजुएलाले भारतलाई अनुरोध गर्यो– उसले भेनेजुएलाको तेल किनिदिओस् र बदलामा सामानहरु पठाइदियोस् । यो एक किसिमको भुक्तान प्रणाली हो जसका कारण अमेरिकी बैकिङ प्रणालीलाई छोडेर पनि दुई देशबीच सामान किनबेच हुनसक्छ ।

यो बार्टर सिस्टमबाट तेल किन्दा भेनेजुएलालाई फाइदा हुने देखिएको छ । किनकि भारतले त्यहाँबाट तेल किनेर भेनेजुएलामा अहिले तत्कालै आवश्यक रहेका सामान पठाइदिनेछ ।

तर, अर्कोतिर भेनेजुएलासँग कारोबार नगर्न अमेरिकाले भारतलाई पनि दबाब दिएको छ । अमेरिका र भारतबीच पनि अहिले व्यापार युद्ध चलिरहेको छ । तर, भारतले अमेरिकाको अनुरोधलाई बेवास्ता गरिरहेको छ । 



जसका कारण भेनेजुएलाले अमेरिकाले खेदिरहेको बिर्सेर भारतलाई आफ्नो सन्जिवनीका रुपमा पाएको छ ।



  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १३:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया