रेखाले किनिन् महिला क्रिकेट टिम

काठमाडौं– चलचित्र निर्मात्री तथा अभिनेत्री रेखा थापाले महिला क्रिकेट टिम किनेकी छिन् । आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि रेखाले काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन् ।

सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफूले १४ वर्षदेखि महिलाको क्षेत्रमा काम गरेको बताउँदै महिला क्रिकेटमा पनि योदगान दिन टिम खरिद गरेको बताइन् । चलचित्र निर्माणमा पनि रेखा पछिल्लो समय महिलाकेन्द्रित छिन् । 

पत्रकार सम्मेलनमा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरियो । रेखाको काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन् । 

अनुप सक्सेराले स्वामित्व लिएको विराटनगर रोअरिङकी मार्की खेलाडी करुणा भण्डारी छिन् भने अनिल भण्डारी र दीपक सुवेदीको स्वामित्वमा रहेको भैरहवा क्विन्सकी मार्की खेलाडी राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री छिन्। घोषणा भएको चौँथो टिम धनगढी वन्डरवुमेनको स्वामित्व हरि खनालले लिएका छन् । यो टिमकी मार्की खेलाडी सीता रानामगर छिन् । 

प्रतियोगितामा वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा चल्नेछ । बाँकी खेलाडी भित्र्याउन छिटै अक्सनको मिति तोकिने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १७:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया