सोलुको पासाङ ल्हामु गाउँपालिकामा इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–१ स्थित खरीखोलामा आफ्नो १२औँ एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । 

उद्घाटनपछि प्रवक्ता शेर्पाले काउन्टर सञ्चालन भएसँगै गाउँवासीमा बचत गर्ने बानीको विकास हुनुका साथै वित्तीय साक्षरता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

बैंकले खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ५ मध्ये ३ वडामा बैंकिङ सेवा प्रदान गरिसकेको छ भने सोही गाउँपालिकाको ५ नम्बर वडाअन्तर्गत नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।

यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका, माप्य दूधकोसी गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने बैंकले बताएको छ ।  

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ । 

पाँचपटक बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेको इन्भेस्टमेन्ट बैंकले युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट पनि बेस्ट बैंक अवार्ड पाएको छ । इक्रा नेपालको क्रेडिट रेटिङमा ‘ए’बाट सुधार गर्दै बैंकले ‘ए प्लस’ रेटिङ पाएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १८:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया