राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले, राज्य सञ्चालकप्रति समाजमा निराशा र आक्रोश पैदा भएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले अहिले राज्य सञ्चालनको जिम्मेवारी लिएकाहरूप्रति समाजको अधिकांश व्यक्तिहरूमा निराशा र आक्रोश पैदा भएको बताएका हुन् ।
‘राज्य सञ्चालनप्रति अहिले समाजको अधिकांश व्यक्तिहरूमा निराशा आक्रोश छ । पूर्व राजा लगायत निराशाको खेती गर्नेहरूको पछाडि नागरिकहरूको भिडले यसलाई पुष्टि पनि गर्छ,’ उनले भने, ‘त्यसैले हामीले यो शासन व्यवस्थामा देखिएका कमी कमजारिहरू सुधार गरौँ कमाई खाने भाँडोको रूपमा चित्रित राजनीतिमा शुद्धीकरणको अभियान सञ्चालन गरौँ । यसको लागि पहिलो र अनिवार्य सर्त नमरुन्जेल मन्त्री प्रधानमन्त्री र सांसद बन्न पाउने विद्यमान संवैधानिक र कानुन व्यवस्थामा सुधार हो । ’
उनले बारम्बार विदेश भ्रमणमा जाने प्रधानमन्त्री तथा मन्त्रीहरूले देशलाई स्विट्जरल्याण्ड बनाउने भाषण दिएको दसकौँ भए पनि देशको हालत सुधार हुन नसकेको स्मरण गरे । उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरू विदेश घुमेकोघुम्यै छन् । नेपाललाई सिंगापुर स्विट्जरल्याण्ड बनाउँछु भनेर नेताहरूले भाषण गर्ने कुरा त दशकौँ भइसक्यो । तर ती देशहरूले कसरी छलाङ मारे भनेर नेताहरूले सोचेनन् । ’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।