पढाइमा व्यस्त भएकाले करिश्माले होली कार्यक्रम नगर्ने

काठमाडौं– कुनै बेलाकी हिट अभिनेत्री करिश्मा मानन्धर ठूलो पर्दाबाट लगभग हराएको निकै भइसकेको छ । तर, उनी बारम्बार चर्चामा भने आइरहेकी छिन् । कहिले राजनीतिक पार्टीमा प्रवेश गरेर त कहिले फिल्मकै कार्यक्रममा पनि स्कुलको ड्रेसमा पुगे । 

यसअघिका वर्षहरुमा करिश्मा होलीको समयमा पनि चर्चामा आउने गरेकी थिइन् । तर, यसपटक होलीमा भने उनी सुनसान जस्तै छिन् । किन पनि भने उनले यसपटक होलीका लागि भनेर कुनै विशेष कार्यक्रम गर्दै छैनन् । होली मन पर्न छोडेर चाहिँ होइन । उनी त पढाइमा व्यस्त भएकाले होली कार्यक्रम नगर्ने भएकी हुन् ।

पढ्नु पनि पर्यो नि, आखिर करिश्माले पिएचडीसम्म गर्ने सोच जुन बनाएकी छिन् ! 
 





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार २०:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया