पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ शुक्रबारदेखि सार्वजनिक गरिएको छ । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको यस पुस्तकको काठमाडौंस्थित कुञ्ज नाटक घरमा शुक्रबार एक समारोहकाबीच लोकार्पण गरिएको हो ।
पुस्तकको लोकार्पण प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । ८० वर्ष नाघिसकेको उमेरको यस कालखण्डमा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिनु र ‘अपराजिता’ जस्तो उत्कृष्ट कृति लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरासमेत भएको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
उनले भनिन्, ‘यस उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ, समृद्ध बनाउन मद्दत पुर्याएको छ । उहाँको यस्तो सक्रियता र लगनशीलताबाट अरू साहित्यकारहरूले समेत प्रेरणा लिनुपर्दछ ।’
लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा पुस्तकका लेखक चन्दले एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताए । उनले भने, ‘अपराजितालाई उपन्यासको रूपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।