काठमाडौं– ललितपुरको किस्ट कलेजले गैरकानुनी रुपमा विद्यार्थीलाई धम्क्याएर पैसा असुल्ने खुलेको छ । विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि बोलाएर कलेज प्रशासनले गैरकानुनी रुपमा पैसा उठाइरहेको हो ।
कलेजले लिन पाउने शुल्क कलेजको खातामा र अन्य शुल्क नीजि बैंक खातामा डिपोजिट गर्न लगाइ कलेजका सन्चालक आशिष थापा, कानुनी सल्लाहकार केशवराज आचार्य, शैक्षिक कार्यक्रम संयोजक किशोरमान सिंह बस्नेतले विद्यार्थी धम्क्याउने गरेको कुरा कृष्ण ज्ञवाली र सुदीप कैनीले संयुक्त रुपमा आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।
समाचारमा एक विद्यार्थीले आफूले १५ लाख रुपैयाँ अतिरिक्त बुझाएको पनि लेखिएको छ । उता, गण्डकीमा विद्यार्थीले गरेको आन्दोलन पछि किस्टमा पनि विद्यार्थीहरुले आफ्ना कुरा राख्न थालेको समाचारमा लेखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।