घुस प्रकरणमा तानिएका अख्तियार आयुक्त पाठकमाथि अख्तियारको कडा निगरानी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई अहिले अख्तियारले विशेष निगरानीमा राखिरहेको छ । राजीनामा दिएर घरमा बसिरहेका पाठकलाई २४ सैं घन्टा निगरानीमा राख्न अख्तियारले नै सादा पोशाकका प्रहरी शान्तिनगरस्थित उनको निवासमा पठाउने गरेको छ । 

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै घुस लिएको आरोप लागेका पाठकले ३ फागुनमा आयुक्तको पदबाट राजीनामा दिएका थिए । यही प्रकरणमा मुछिएका कलेज सन्चालक लम्बोदर न्यौपाने फरार भएपछि पाठकमाथि थप कडा निगरानी गर्न थालिएको हो । न्यौपाने भारत भागेको हुनसक्ने अनुमान गरिएको छ । उनीसँग अख्तियारले गत मंगलबार बयान लिएको थियो । त्यो दिनको बयान सकिएपछि उनी भोलिपल्ट आफू फेरि आउने भन्दै त्यहाँबाट उठेका थिए । तर, त्यसपछि उनी फरार भए । 

न्यौपाने फरार भएसँगै अख्तियारले सादा पोशाकमा प्रहरी पठाएर पाठकमाथि निगरानी गर्न थालेको हो । यही प्रकरणबारे छानबिन समितिसँग अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसँग आइतबार मात्र आफ्नो कार्यकक्षमा छलफल गरेका थिए ।





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार ९:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया