बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी— बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १०:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया