सिके राउतको गृहजिल्ला सप्तरीमा विजय र्याली

सिरहा– मंगलबार गृहजिल्ला सप्तरी पुगेका सिके राउतले लहानस्थित सहिद रमेश महतोको सालिकमा माल्यार्र्पण तथा भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्दै गृहजिल्ला सप्तरीको सुरुवात गरेका छन् । यसअघि सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठकमार्फत सिके नेतृत्वको समूहले स्वतन्त्र मधेस गठबन्धन विघटन गरी जनमत पार्टी गठन गरेको छ ।  

सप्तरी जानुअघि उनका कार्यकर्ताले मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै लहानमा  ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’सहितका नारा लगाएका थिए । सरकारसँग भएको सहमतिअनुसार जनमत दिन आग्रह गर्दै उनीहरूले  ‘जनमत दो, आजादी लो’लगायत नारा लगाए । सरकारसँग ऐतिहासिक सहमति भएको भन्दै उनीहरूले विजय र्याली निकालेका हुन् ।

आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते लहानमा रमेश महतोको निधन भएपछि प्रत्येक वर्ष माघ ५ गतेलाई मधेसमा बलिदानी दिवसको रूपमा मनाइँदै आइएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १५:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया