सेयर बजारमा सात अंकको गिरावट

काठमाडौं– सोमबारजस्तै मंगलबार पनि धितोपत्र बजारमा सेयरको मूल्यमा ६.८३ अंकलेले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ । कुल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता सेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका कुल ११ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको सेयर कारोबार भएन । यस्तै, विकास बैंक ९.९८, जलविद्युत् ७.८५, वित्त ३.२७, निर्जीवन बिमा २२.३९, उत्पादन ४.७४, अन्य ४.३३,लघुवित्त ७.४३ र जीवन बिमा २०.२३ विन्दुले घटेका छन् । 

स्टकका अनुसार नागरिक लगानी कोषको दुई करोड ३५ लाख ४६ हजार ४०८ रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर ४७ लाख ७१ हजार ५०१ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४.८६, सिन्धु विकास बैंक ४.३५, सहयोगी विकास बैंक ३.६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.२७ र नेसनल हाइड्रो पावर कम्पनीका सेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् । 

नेसनल हाइड्रोपावर कम्पनीको सेयर अझै पनि प्रतिकित्ता ७४ मा कारोबार भइरहेको छ । यस्तै, मितेरी डेभलपमेन्ट बैंकका सेयरधनीले ४.८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, साइन रेसुंगा डेभलपमेन्ट बैंक २.९४ र अरुण काबेली पावरका सेयरधनीले २.८५ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १८:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया