फागु खेल्दा हामी यति मग्न हुन्छौँ कि हामीलाई दायाँबायाँ केही पत्तै नहुन सक्छ । होली प्रेम र सच्चाइको उत्सव हो । आपसमा फागु खेलेर रमाइलो गर्नु राम्रो हो । तर, फागु खेल्दा सावधानी भने अपनाउनुपर्छ । सानो लापरबाहीले पनि ठूलो क्षति ब्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले, फागु खेल्नुअघि यी ९ कुरामा ध्यान पुर्याउनुस् :
कपडाको ख्याल राख्नुस्
फागु खेल्दा सामान्य खिचातानी त भइहाल्छ । यस्तोमा कपडा च्यातिने, उध्रिने डर हुन्छ । त्यसैले, ख्याल राख्नुस् कि तपाईंले लगाउने कपडा ज्यादा पुरानो नहोस्, जसका कारण तपाईंले लज्जाबोध गर्नु नपरोस् । साथै, पूरा शरीर ढाक्ने कपडा लगाउनुस्, जसले निकै हदसम्म शरीरलाई रङबाट जोगाउँछ ।
छालाको ख्याल राख्नुस्
फगु खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनुस् । यसको १५ मिनेटपछि वाटरप्रुफ सनस्क्रिन दल्नुस् । यसले तपाईंको शरीरलाई रङहरुको असरबाट बचाउँछ । र, नुहाउँदा रङ सजिलै पखालिन्छ ।
गाढा रङको कपडा लगाउनुस्
फगुमा भिजेको रङको प्रयोग ज्यादा हुन्छ । मानिसहरु एकअर्काको शरीरमा रङ घोलेको पानी खन्याउँछन् । यस्तोमा तपाईंले सेतो या हल्का रङको कपडा लगाउनुभएको छ भने त्यो भिजेर पारदर्शी भइदिन्छ, जसका कारण तपाईंले लज्जाबोध गर्नुपर्ने हुन सक्छ । त्यसैले, फागु खेल्दा गाढा रङको कपडा पहिरिनु राम्रो ।
कानको ख्याल राख्नुस्
फागु खेल्दा कानको विशेष ख्याल राख्नुपर्छ । मानिसहरु रङ घोलेको बेलुन एकअर्काउपर हिर्काइरहेका हुन्छन् । यस्तोमा कानभित्र रङ र पानी छिर्ने खतरा हुन्छ, यसले तपाईंको कानमा नराम्रो असर पार्न सक्छ ।
गहना नलगाउनुस्
फागु खेल्दा कुनै पनि गहना नलगाउनु बेस हुन्छ । फगुका दौरान हुने मस्ती र छेडछाडमा गहना खस्ने, हराउने सम्भावना हुन्छ । गहनाका कारण तपाईंलाई चोट पनि लाग्न सक्छ । यसका अतिरिक्त नाक, कानका गहनामा रङ अड्किएर रह्यो भने त्यसबाट छालामा संक्रमण पनि हुन सक्छ ।
कपालको ख्याल राख्नुस्
फागु खेल्नुअघि कपालमा तेलले मालिस गर्नुस् । फागु खेल्दा कपाल बाँधेर राख्नुस् । तपाईंलाई अप्ठेरो लाग्दैन भने कपाललाई टोपी या कपडाले ढाक्नुस् ।
रङ किन्दा ध्यान दिनुस्
रङ किन्दा सकेसम्म हरियो, बैजनी, पहेँलो वा सुन्तला रङ छोडेर रातो या गुलाबी रङ लिनुहोस् । किनकि, गहिरो रङमा ज्यादा रसायन मिसाइएको हुन्छ ।
आँखाको ख्याल राख्नुस्
फागु खेल्दा आफ्नो आँखाको विशेष ख्याल राख्नुपर्छ । आँखामा कुनै पनि रङ छिर्नबाट जोगाउनुस् । यदि छिरिहाल्यो भने तुरुन्त सफा पानीले आँखा धुनुहोस् । किनकि, रङहरुमा हुने ‘पोटासियम डाइक्रोमेट’ले आँखालाई गम्भीर असर गर्न सक्छ । यस्तोमा आँखा माड्न, रगड्न हुँदैन । आँखा ज्यादा पोल्यो, चिलायो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।
केटाकेटीको ख्याल राख्नुस्
फागुको मस्तीबीच अक्सर मानिस आफ्ना केटाकेटीको ख्याल राख्न भुल्छन् । केटाकेटी पनि फागुमै मस्त हुन्छन् । चल्दै, दगुर्दै गरिरहन्छन् । यस्तोमा केटाकेटी लड्ने, चोट लाग्ने सम्भावना हुन्छ । बाहिर निस्केर अन्य दुर्घटनामा पर्ने खतरा पनि रहन्छ । त्यसैले, फागु खेल्दा केटाकेटीको विशेष ख्याल राख्नुहोला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।