थर फेरेर, उपनाम राखेर पनि नागरिकता लिन पाइने

काठमाडौं– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा सहमति जुटाएको छ । समितिको आजको बैठकले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन चाहेमा जिल्ला प्रशासन कार्यालयले प्रतिलिपि दिनुपर्नेछ ।

नागरिकतामा बाबुको थर नराखी आमाको थर राख्न चाहने वा बाबुआमा दुवैको थर राख्न चाहनेका हकमा कस्तो व्यवस्था गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । छलफलकै क्रममा बाबु वा आमाको कुनै पनि थर नराख्न पाइने/नपाइने विषय उठ्यो । योसँगै, छलफल थर फेर्न र उपनाम राखेर नागरिकता लिन पाउनुपर्ने विषयसम्म पुग्यो, र अन्त्यमा यी सबै विकल्पमा नागरिकता लिन पाइने सहमति जुट्यो । 

सहमतिअनुसार, नागरिकता विधेयकमा ‘नागरिकता लिने व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिमको नागरिकताको प्रमाणपत्र दिन सकिने’ व्यवस्था राखिनेछ । 

यसअघि फाइल भएको विधेयककमा थर फेर्ने वा उपनाम राख्न सकिने प्रावधान थिएन । यस्तो व्यवस्था राख्नुपर्ने भन्दै विधेयकउपर संशोधन प्रस्ताव दर्ता भएको थियो । सोही संशोधन प्रस्तावमाथि छलफलका क्रममा समितिले उपनाम राखेर पनि नागरिकता लिन पाउने सहमति जुटाएको हो ।





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १९:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया