बिरामी भएँ, होली मनाउनै पाउने भइनँः प्रमोद खरेल

काठमाडौं— भोलि होली । अर्थात् रंगहरुको पर्व । अनेक रंगहरुले दिन्छन् उत्साह । यो उत्साहमा गत वर्षसम्म सामेल हुन्थे गायक प्रमोद खरेल पनि । तर, यसपटक उनलाई आफ्नै स्वास्थ्यसँग गुनासो छ, उनलाई रंगहरुसँग खेल्न नपाउने बनाएको छ । 

यसअघिका वर्षहरुमा होली मनाउन विभिन्न ठाउँमा पुग्दै आएका थिए, प्रमोद । आफूमात्र होइन, दर्शकहरुलाई पनि रमाइलो गराउँदै आएका थिए । तर, यसपटक उनको स्वास्थ्य बाधा बनेको छ ।

‘सकेसम्म कुनै कार्यक्रममा गएर नभए साथीभाइ र परिवारका सदस्यसँग मिलेर म होली मनाउँथे,’ उनले भने, ‘तर, यसपटक मैले होली मनाउन नपाउने भएको छु, बिरामी छु ।’ 

प्रमोदलाई तिहारभन्दा पछाडि कुनै ठूलो चाड छ भन्ने लाग्थ्यो भने त्यो होली नै हो । ‘तिहारपछिको ठूलो चाड होली लाग्थ्यो,’ उनले भने, ‘यसपाली त रंगहरुसँग होइन, घरमा नै आराम गरेर होली मनाउँदै छु ।’





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १९:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया