मुसामाथि ग्रिन टीको प्रयोगः यस्तो आयो नतिजा

काठमाडौं– आजभोलि नेपालमा पनि ग्रिन टी पिउने प्रचलन बढिरहेको छ । आमरुपमा भनिन्छ– ग्रिन टिले मोटोपनालाई कम गर्न सहयोग गर्छ । यति मात्र होइन, ग्रिन टिका कारण स्वास्थ्यमा पनि राम्रो सुधार देखिने दाबी गरिएका हुन्छन् । केही समयअघि वैज्ञानिकको एक समूहले गरेको अध्ययनले यसको पुष्टि पनि गरेको छ । 

पत्रिका न्युट्रिसनल बायोकेमेस्ट्रीमा प्रकाशित भएको अध्ययनअनुसार ग्रिन टी सेवन गर्नेको तौल घट्छ । यसको अध्ययनका लागि दुई मुसा प्रयोग गरिएको थियो । एउटा मुसालाई खानामा दुई प्रतिशतमात्र ग्रिन टी दिइएको थियो । केही दिनमा नै के पाइयो भने जुन मुसालाई ग्रिन टी दिइएको थियो, उसको वजन घट्दो थियो र स्वास्थ्य पनि राम्रो हुँदै थियो । यसलाई नै आधार मानेर वैज्ञानिकहरुले ग्रिन टी फाइदाजनक हुने बताएका हुन् । 

अध्ययनको क्रममा के पनि पाइयो भने यो समयमा ग्रिन टी दिइएको मुसाको शरीरमा खासै समस्या देखिएन, उसको शरीरमा राम्रा र फाइदाजनक ब्याक्टेरिया बढ्दै गए । उसको पाचन प्रक्रिया पनि राम्रो भयो । तर, अर्को मुसामा त्यस्तो परिवर्तन केही देखिएन ।

त्यसैले वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने ग्रिन टीमा हुने केटचिन्सले शरीरमा चिनीको मात्रा कम गर्ने मात्र होइन, हृदयघातको समभावना कम गर्ने र कलेजोलाई स्वास्थ्य बनाउने काम पनि गर्छ । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २१:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया