नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मा काठमाडौं उपत्यका सुनसान भएको छ । दसैँ-तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।
आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारण सडकमा देख्न सकिन्छ । सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका छन् ।
सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसल प्रायः बन्द छन् । काठमाडौंमा मानिसको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकालीलगायत ठाउँमा पसल बन्द रहेका छन् । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।
दसैँमा सुनसान काठमाडौं :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।