logo-img

एन्जिलाले सेथु एफसीबाटै भारतीय आई लिग खेल्ने
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले आगामी सिजनको भारतीय आई लिग खेल्ने भएकी छन् । उनले आगामी सिजनको आई लिग ​ सेथु एफसीबाटै ​खेल्ने भएकी हुन् । 

गत सिजनसमेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । 

‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ,’ एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यसपटक च्याम्पियन हुने योजना छ ।’ सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता गोप्य राखिएको छ ।

एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।



आईलिगको पहिलो खेलमा सेथुले ८ डिसेम्बरमा गोकुलम केरलाको सामना गर्ने तालिका छ ।  



  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया