प्रहरी कार्यालयको छत अड्याउन टेको !

काठमाडौं– तनहुँ बन्दीपुरमा रहेको प्रहरी भवनको जीर्ण अवस्थाबारे आज नयाँ पत्रिकाले पहिलो पृष्ठमा समाचार प्रकाशन गरेको छ । तनहुँबाट उपेन्द्र खनालले लेखेअनुसार बन्दीपुर इलाका प्रहरी कार्यालयको भवन अड्याउन नै टेको प्रयोग गरिएको छ । त्यो पनि सिलिङ अड्याउन । 

समाचारमा लेखिएको छ– सिलिङ नै खस्ने भएपछि टेको दिएर अड्याउन त खोजिएको छ तर भवनभित्र दिनरात कटाउनु पर्ने १४ प्रहरीको मन थामिन सकेको छैन । आकाशमा गड्याङगुडुङ हुनेवित्तिकै त्यहाँ प्रहरीको मनमा त्रास उत्पन्न हुने समाचारमा उल्लेख छ । 

‘आकाश मडारिनेवित्तिकै ज्यान कसरी जोगाउने भन्ने चिन्ता लाग्छ,’ त्यहाँका जवान दिप थारुले बताएका छन् । बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जीर्ण प्रहरी भवन छिट्टै मर्मत गरेर भूकम्प प्रतिरोधी भवन बनाउने आश्वासन दिएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार ७:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया