[न्युजिल्यान्ड आक्रमण] ट्रम्पले भने –मलाई अपराधी सावित गर्न मिडिया ओभरटाइम गरिरहेका छन्

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाहरुले आफूलाई न्युजिल्यान्ड आक्रमणको दोषी देखाउन खोजेको आरोप लगाएका छन् । 

ट्विटरमा उनले आफ्ना ५ करोड ९० लाख फलोअर्ससँग भनेका छन्  – ‘आरोप साबित गर्न फेक मिडियालाई निकै मिहिनेत गर्न पर्छ ।’

न्युजिल्यान्ड घटनाका आक्रमणकारीे ट्रम्पलाई श्वेत विचारधाराका सिम्बोल रहेको बताएका थिए । ट्रम्पले ट्विटरमार्फत आक्रमणको निन्दा गर्दै न्युजिल्यान्ड सरकारको सहयोगका लागि महत्व दिएका थिए । 

हिंस्रक श्वेत राष्ट्रवादी ठूलो समस्या होइन् भन्ने आशय व्यक्त गरेपछि ट्रम्प विवादित बनेका थिए । 

ट्रम्पको ट्विटलाई डेमोक्रेट्सले पनि आलोचना गरेका थिए । अहिले श्वेत राष्ट्रवादीले मुस्लिम, आप्रवासी र अन्य अल्पसंख्यकमाथि गरेको आक्रमणलाई विश्वभर निन्दा गरिएको छ । 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार ९:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया