एजेन्सी– तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेता दलाई लामाकाले आफ्ना उत्तराधिकारी भारतीय पनि हुनसक्ने अभिव्यक्ति दिएपछि चीन त्रसित बनेको छ । त्यसैले उसले दलाई लामाको यो अभिव्यक्ति आएको केही समयमा नै आफ्नो कुरा राखेको छ– उत्तराधिकारी राख्दा दलाई लामाले चीनको अनुमति लिनु पर्ने हुन्छ ।
दलाई लामाको अभिव्यक्ति भारतीय प्रपोगान्डा भएको हुनसक्ने अनुमान चीनमा गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले लेखेका छन् । ८३ वर्षीय लामाले सोमबार एक समाचार एजेन्सीसँग कुरा गर्दै आफ्नो आगामि अवतार भारतबाट पनि हुनसक्ने र चीनले छनोट गरेका व्यक्तिलाई उत्तराधिकारी मान्न नसकिने बताएका थिए ।
दलाई लामाको यो अभिव्यक्ति आएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘पुनः अवतार तिब्बती बौद्ध धर्मको पुरानो प्रचलन हो, यसको परम्पार हुन्छ, चीन सरकारको धार्मिक आस्थासम्बन्धी स्वतन्त्रताको एक नीति छ । हामीसँग धार्मिक मामिलाको आफ्नै कानुन छ र तिब्बती बौद्ध धर्ममा पुनः अवतारको परम्पराको पनि कानुन छ । हामी तिब्बती बौद्ध धर्मको सम्मान गर्दै संरक्षण गर्छौं ।’
तिब्बतीहरुले आध्यात्मिक नेतालाई दलाई लामाको उपाधि दिन्छन् । गेंगले भने ‘सयौं वर्षदेखि पुनः अवतारको परम्परा छ । १४ औं दलाई लामाको मान्यता पनि धार्मिक रीति–रिवाजबाट भएको थियो, जसलाई केन्द्र सरकारले मान्यता दिएको थियो । दलाई लामाको उत्तराधिकारीले राष्ट्रिय नीतिनियम, धार्मिक रीतिरिवाजको अनुसरण गर्नु जरुरी छ ।’
तिब्बतमा १९५९ को विद्रोहपछि दलाई लामा भागेर भारत गएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।