जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।
साथै आजको बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुने बस्नेतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।