संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी दुवै सदनको बैठक बोलाइएको हो ।  

आजको संघीय संसदको संयुक्त बैठकलाई नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।  

संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचनासमेत जारी गरेको छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार ८:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया