हिमाल आरोहणमा विभिन्न कीर्तिमान बनाएका निर्मल पुर्जाले साहसिक स्काइ डाइभिङ गरेर एकपटक फेरि सबैलाई चकित बनाएका छन् । आरोही पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।
पुर्जाले नेपालमा स्काई डाइभिङको सम्भावना छ भन्ने पुष्टि गर्न सगरमाथा क्षेत्रमा नै स्काइ डाइभिङ गरिएको उनको भनाइ छ ।
संसारको सबै ८ हजार मिटरभन्दा माथिको हिमाल ६ महिना र ६ दिनमा आरोहणका साथै माउन्टेन–२ को पहिलो शीतकालीन आरोहणको गरेपछि उनको यो अर्को साहसिक कार्य हो । कीर्तिमानी पर्वतारोही पुर्जा अर्थात् ‘निम्स दाइ’को यो कदमसँगै हिमालय क्षेत्रमा व्यवसायिक स्काइ डाइभिङ सुरुवात भएको छ ।
उनले यसलाई ‘स्काइ डाइभ निम्स दाइ’ नाम दिएका छन् । निम्स दाइले पोखरा र सगरमाथा क्षेत्रमा स्वेदशी तथा विदेशीलाई स्काइ डाइभसमेत गराइसकेका छन् । ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले स्काइ डाइभको औपचारिक सुरुवात गरेका हुन् ।
बेलायतको सैन्य बलमा रहँदा वर्षाैं लामो प्यारासुटिङ सम्बन्धि अनुभव संगालेका पुर्जा साहसी पर्वतारोही मात्रै होइनन्, उत्तिकै सिपालु स्काइडाइभर पनि हुन् । पुर्जाको यो साहसिक कदमसंगै देशमै उच्च सिपयूक्त रोजगारी समेत सिर्जना गर्ने बाटो खोलेको छ । स्काई डाइभको साहसिक गतिविधिमा रमाउनेहहरूलाई ट्रेकिङको साथमा २३ हजार फिटको उचाइबाट उड्ने अवसर समेत प्राप्त हुने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।