धर्मबारे जनमत संग्रह आवश्यकः शशांक

काठमाडौं– हिन्दू धर्मको पक्षमा आवाज उठाउँदै आएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पुनः यसबारे बोलेका छन् । महामन्त्री कोइरालाले  आफ्नै निवास टोखामा बुधबार होली खेल्न आएका शुभचिन्तकलाई शुभकामना दिँदै धर्मबारे जनमत संग्रह गर्न सरकारमाथि दबाब बढाउनुपर्ने बताए ।

जनमत संग्रहको वकालत गर्दै उनले धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको बताए । भने, ‘कांग्रेसको चारतारे झन्डाको एउटा तारा धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

धर्मबारे जनमत संग्रह गर्नुपर्ने र त्यसमा पार्टीले हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । संविधानमा धर्म निरपेक्षिता लेखिँदा कोही नबोलेको भन्दै उनले आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १५:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया