Wed, 21 Aug, 2019


आइपिएलका लागि सन्दीप भारत प्रस्थान
फरकधार / चैत ६, २०७५

काठमाडौं– भारतमा हुने बाह्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । 



यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दीप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इन्डियन्ससँग खेल्नेछ । 

गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए । सन्दीपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँदै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । 

उक्त प्रतियोगितामा सन्दीपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्