दक्षिण कोरियामा विवाह गर्ने घटे

सोल– दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । 

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो । 

कोरियाको तथ्या‌ंक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।
 
सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रतिएक हजारमा १०‍६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्यांक सुरु गरेयताको सबैभन्दा बढी दर हो । 

यो तथ्यांकमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो । 

दक्षिण कोरियाली नागरिकमा पहिलोपटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ । 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १७:३२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया