काठमाडौं– साफ महिला च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबारको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई भारतले हराएसँगै यी दुई देश भिड्ने पक्का भएको हो ।
फाइनल स्थानका लागि भारतले बंगलादेशलाई ४–०ले हराएको छ भने यसअघि नेपालले श्रीलंकालाई ४–०ले पराजित गरेको थियो । नेपाल–भारतबीचको फाइनल खेल शुक्रबार हुनेछ ।
साफ महिना फुटबलमा नेपाल चौथोपटक फाइनलमा पुगेको छ भने भारतले पाँचौँपटक फाइनल खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।