logo-img

प्रधानमन्त्री दाहालले लिए भूकम्पको क्षतिको विवरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले क्षतिग्रस्त जाजकोटको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन् । गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट गएका थिए ।   





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ९:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया