भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राति जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले भारत नेपाली नागरिकको दुःखको बेला साथमा रहेको बताउँदै सहयोग गर्ने तयार रहेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ । भारत हरसम्भव सहयोग गर्न तयार छ । शोकसन्तप्त परिवारलाई समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ मोदीले ट्विटरमा भनेका छन् ।
जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।