logo-img

नेता-कार्यकर्तालाई माओवादीको निर्देशन : भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्नू

नेकपा (माओवादी केन्द्र) ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गीय सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरे । 

गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । 

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अन्त्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गरेका हन् । उनले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिए । 

विपद्को यस घडीमा घाइतेको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीको यथाशीघ्र व्यवस्था गर्न पनि सरकारसँग गुरुङले माग गरेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १०:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया