logo-img

भूकम्प पीडितको उद्धार/राहतका लागि ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

गएरातिको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत अपील गरेको छ । 

भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा ठूलो संख्यामा मानवीय र भौतिक क्षतिसँगै धेरै नागरिक घाइते भएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ११:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया