logo-img

प्रधानमन्त्री चढेकै हेलिकोप्टरबाट भूकम्प पीडितको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको हेलिकोप्टरबाट भूकम्पमा परी घाइते भएका सात जनाको उद्धार गरिएको छ । 

शुक्रबार राति भूकम्प गएपछि अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै जाजरकोट पुगेका थिए । अवलोकनपछि फर्किने क्रममा उनी चढेको हेलिकोप्टरमा सातजना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरबाट जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो । 

घाइतेका साथै सातजना कुरुवासमेत हेलिकोप्टरमा राखेर सुर्खेत लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १२:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया