logo-img

बैतडीमा भूकम्पले घर भत्किँदा तीनजना घाइते
फाइल तस्बिर

गएराति जाजरकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण बैतडीमा तीनजना घाइते भएका छन् ।

भूकम्पका कारण एउटा घर भत्किएको छ भने तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।



जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र नौ वर्षीया छोरी भावना कार्की सामान्य घाइते भएका छन् । 

घरको पर्खाल भत्किँदा गोठमा बाँधेका एक गाई, एक भैँसी र बाख्रालाई पनि चोट लागेको छ । कार्कीको चारकोठे दुईतले कच्ची घरको पर्खाल भत्किएको हो । 

रातिको समयमा पर्खाल भत्किएपछि उनीहरू च्यापिएको र स्थानीयले उद्धार गरेका थिए । कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १३:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया