logo-img

रुकुम पश्चिममा भूकम्पबाट घाइते ३० जना उपचारपछि घर फर्किए

भूकम्पमा परी घाइते भएका रुकुम पश्चिमका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए ।

हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो । हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्नसक्ने बताए । 

उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट हुँदै रुकुमपश्चिमको  चौरजहारी अस्पतालमा पुगिसकेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १३:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया