logo-img

भूकम्पबाट घाइते थप एकको मृत्यु, दुई जनाको अवस्था गम्भीर

भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउनेक्रममा मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउनेक्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।  

उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ । अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउनेक्रम जारी रहेको श्रेष्ठले बताए । यसैबीच जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाले थप खोज तथा उद्धार, उपचार, राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको अस्पतालका लागि सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।



साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णयसमेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरूप ४ लाख रुपैयाँ बराबरको खाद्यान्न र त्रिपाल, झुललगायत १ सय जना परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टिम परिचालन गरिने बताए । 

कोहलपुर नगरपालिकाकोतर्फबाट तत्काल राहतस्वरूप २ लाख, राप्ती सोनारी गाउँपालिकाकोतर्फबाट १ लाख बराबरको औषधि सामग्री र ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र एकजना चिकित्सकसहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाकोतर्फवाट ३ लाख रुपैयाँ बराबरको औषधि सहयोग गनेसमेत निर्णय भएको ज्ञवालीले जानकारी दिए ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १४:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया