logo-img

जाजरकोट भूकम्पपछि १७५ वटा परकम्प

शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जाजरकोट आसपासमा १७५ वटा साना–ठूला परकम्प गइरहेका छन्।

त्यसमध्ये पाँचवटा चार म्याग्नेच्युडभन्दा ठूला परकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लोपटक अपराह्न ३ः४० बजे ४.२ म्याग्नेच्युडको परकम्प गएको थियो।

भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन्। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। त्यस्तै, जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन्।
 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १९:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया