मायावतीले किन लोकसभा निर्वाचन नलड्ने घोषणा गरिन् ?

एजेन्सी– भारतमा बहुजन समाजवादी पार्टीकी सुप्रिमो मायावतीले अब हुने लोकसभा निर्वाचनमा आफूले उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । तर, उनको पार्टी चाहिँ लोकसभाका लागि चर्को तयारी गरिरहेको छ । 

मायावतीको यो घोषणाले सबैलाई चकित बनाइदिएको छ । तर, फेरि के हो भने उनले सन् २००४ पछि कुनै पनि चुनावमा आफ्नो उम्मेदवारी प्रत्यक्ष रुपमा दिएकी छैनन् । उनको यो निर्णयलाई उनका समर्थकले चिन्ताका रुपमा लिएका छन् । तर, उनी आफैंलाई चाहिँ उनको राजनीतिक कुनै एक संसदीय नेताको उचाइभन्दा माथि भएको उनको बुझाइ छ । 

तर, आलोचकहरु भनिरहेका छन् उनी पराजय हुने डरका कारण चुनावमा नलड्ने भएकी हुन् । 

विश्लेषकहरु चाहिँ मायावतीले चुनावी जोखिम उठाउन छोडेको १५ वर्ष भइसकेको र यो निर्णय पनि त्यही उनको मनोवृत्तिका कारण आएको बताउँछन् ।

सन् २००७ मा मायावती आफ्नो राजनीतिक करिअरको उचाइमा पुगेकी थिइन्, त्यति बेला उनी चौथो पटक उत्तर प्रदेशको सत्तामा पुगेकी थिइन् । त्यहाँभन्दा पहिले उनी भारतीय जनता पार्टीको समर्थनमा तीन पटक मुख्यमन्त्री बनिसकेकी थिइन् । उनी मुख्यमन्त्री त बनेकी थिइन् तर उनी विधानसभा चुनाव लड्नुभन्दा विधान परिषद् जाने फैसलामा थिइन् । 

सन् २०१२ मा अखिलेश यादवसँग उनको पार्टीले पराजय भोग्नु पर्यो । २०१४ को लोकसभा निर्वाचनमा पनि मायावतीको पार्टीले राम्रो गर्न सकेन । ८० सिटमा उम्मेदवारी दिएको पार्टीले अत्यन्त नराम्रो नतिजा व्यहोर्यो । सन् १९८० को दशकमा पार्टी खोलेपछि यो नै मायावतीका लागि सबैभन्दा कमजोर प्रदर्शन थियो । 



पछिल्ला निर्वाचनमा पाएका यी र यस्तै झट्काका कारण मायावतीले यसपटक निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेको हुनसक्ने अधिकांश भारतीय विश्लेषकको राय छ ।



  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार ९:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया