सरकारका प्रवक्ता भन्छन् – हतियार नबिसाएसम्म विप्लवसँग संवाद हुँदैन

काठमाडौं– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले हतियार बिसाएपछि मात्र ऊसँग वार्ता सम्भव हुने बताएका छन् ।

‘संवादका निम्ति हामी तयार छौँ । तर, संवाद गलत गतिविधिको तयारीका हुन सक्दैन,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने बिहीबारको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’

कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै मन्त्री बाँस्कोटाले खुला राजनीतिमा आएर प्रतिस्पर्धा गर्न विप्लव लगायतलाई आह्वान गरे ।

२८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जबर्जस्ती चन्दा असुली तथा हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले यो समूहमाथि प्रतिबन्ध लगाएको हो । 

असन्तुष्टहरुप्रति लचक हुनुपर्ने र वार्ताबाटै समस्याको हल खोज्नुपर्ने प्रतिपक्षी दलहरुको आग्रहका बाबजुद पछिल्लो समय सरकार यो समूहमाथि कठोर देखिएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया