चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन्।
चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी मंगलबार अमेरिका प्रस्थान गरेका हुन्।
राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने भएका छन्। सान फ्रान्सिस्कोमा हुने भेटवार्तामा दुई देशबीच विविध विषय छलफल हुने ग्लोबल टाइम्सले जानकारी दिएको छ।
उनीहरूबीच विश्व समुदायलाई नै असर गरिरहेको अन्तर्राष्ट्रिय मुद्दमा पनि छलफल हुने बताइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।