logo-img

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पारित गर्नैपर्छ : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उनको भनाइ थियो । 

मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७–१८ वर्षदेखि थाँती रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित छिटो पारित हनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए । 



‘त्यसपछि संघीय निजामती ऐन टुंग्याउने छौँ । संघीय प्रहरी ऐन टुंग्याउनु छ । यस्ता थुप्रै छन्,’ उनले भने, ‘यसमा तपाईंहरुको सदभाव, सहयोग रहन्छ भन्ने मलाई विश्वास छ ।’





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार २२:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया